नेपाल राजदूतवास र पिएनसिसिको सहयाेगमा दुई नेपाली स्वदेश फर्किए !!!

0Shares

नेपाल राजदूतवास र पिएनसिसिको सहयाेगमा दुई नेपाली स्वदेश फर्किए

थाङ्मीचागु डटकम सम्बादाता २०८१ बैशाख २१

नेपाल राजदूतवास मलेसियाको सहयोगमा दूईजना नेपाली श्रमिक स्वदेश फर्किएका छन् । नेपाल फर्किनेमा सुजन तामाङ र ईन्द्र बहादुर कामी रहेका छन् । उनीहरु हिमालयन एयरलाईन्सको उडानबाट मे १ तारिखका दिन फर्किएका हुन् ।


आजभन्दा ६ बर्ष अगाडि मलेसिया आएका ईन्द्र बहादुर रुकुम जिल्लावासी हुन । उनले नेपालबाट आएको कम्पनी डेढबर्ष अगाडि छाडेका थिए । त्यसयता अबैधानिक बसोबासगरि सुरक्षा गार्डको काम गरिरहेका थिए ।

पछिल्लो समय डिप्रेसनको कारण काम गर्न नसक्ने अवस्था भएपछि नेपाल राजदूतवासमा सहयोगको याचना गर्न आईपुगेका थिए । त्यस्तै, धादिङका सुजन तामाङ सन् २०१२ मा मलेसिया आएका थिए ।

नेपालबाट आएको २ बर्षमै कम्पनी छाडेर उनी अबैधानिक भए । अबैधानिक रुपमै काम गरेर करिव १० बिताए । उनी पनि बिरामी भएर नै दूतवासमा सहयोगको याचना गर्न आईपुगेका थिए ।


सहयोगको याचना गर्दै आईपुगेका उनीहरुलाई नेपाल राजदूतवासको आग्रहमा एनआरएनएको सेल्टर हाउसमा बस्ने आश्रय पाएका थिए । सेल्टर हाउसमा बसेका उनीहरुलाई खानपिनको ब्यवस्था लगायत सेल्टर हाउस देखि एयरपोर्ट अनि नेपालमा उनीहरुको आफन्तलाई जिम्मा लगाउने सम्मको प्रबन्ध पिएनसिसिले गरेको हो ।


पिएनसिसि मलेसिया प्रतिनिधि पूर्ण लिम्बूको अनुसार अबैधानिक बसेवापत अध्यागमनलाई बुझाउनु पर्ने शूल्क र हवाई टिकट ईन्द्र बहादुरको हकमा उनी आफैले ब्यहोरेको हो ।

सुजन तामाङको लागि हवाई टिकट प्रथम सचिव प्रेम बुढाको पहलमा नेपाल राजदूतवासले उपलब्ध गराएको हो भने अध्यागमन शूल्क बापत लाग्ने खर्च उनकै साथीभाईहरुले चन्दा संकलन गरेर जुटाएका हुन् । दुवैजनाको ट्राभल्स डकुमेन्ट नेपाल राजदूतवासले निशूल्क जारी गरेको हो ।

विस्तृत जानकारी थाङ्मीचागु डट कमलाई pncc मलेसिया संयोजक :- पूर्ण लिम्बुले बताउनुभएको ह्जो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *