नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च मलेसिया व्यापी कार्यकर्ता प्रशिक्षण एंव सांस्कृतिक कार्यक्रम २०२४ आयोजना हुँदै।

0Shares

नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च मलेसिया व्यापी कार्यकर्ता प्रशिक्षण एंव सांस्कृतिक कार्यक्रम २०२४ आयोजना हुँदै।

थाङ्मीचागु डट कम संवाददाता
२० माघ २०८०, शनिबार १६:४६

क्वालालम्पुर (मलेसिया):= “सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली” भन्ने मुल नाराको साथ मलेसियामा स्थापित संगठन प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी मलेसियाद्वारा मलेसिया व्यापी एमाले कार्यकर्ता प्रशिक्षण एंवम साँस्कृतिक कार्यक्रम-२०२४ आयोजना हुने तय भएको छ ।

प्रवासी नेपाली मञ्च मलेसियाको आयोजना तथा प्रवासी नेपाली मञ्च , पूर्वी एसिया महादेश कमिटीको सहकार्यमा कार्यकर्ता प्रशिक्षण एंव साँस्कृतिक कार्यक्रम यहीँ फेब्रुअरी ११ तारिख आईतवार क्वालालम्पुरमा अवस्थित होटेल ग्रेण्ड कन्टिनेन्टलमा आयोजना हुने तय भएको प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा उपस्थित हुनुहुने ने.क.पा एमाले विदेश बिभाग प्रमुख तथा प्रवास ईन्चार्ज डा. राजन भट्टराई , बिशेष अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष संजय थापा , बिशेष अतिथि मञ्चको पूर्वि एसिया महादेश ईन्चार्ज भक्त गुरुङ लगायतले मलेसियामा रहेका एमाले कार्यकर्ता हरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको मञ्च मलेसियाका अध्यक्ष कुमालले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा नेपालबाट आमन्त्रित विभिन्न नेपाली राष्ट्रिय कलाकारहरु क्रमशः गायक जीवन दाहाल , जीवन शर्मा , गायीका सुमन थापा मगर , आशा बिसि लगायत कलाकार हरुले आफ्नो तर्फबाट सांगीतिक , सांस्कृतिक प्रस्तुति समेत दिने तय भएको अध्यक्षलाई अद्धृत गर्दै मञ्च मलेसियाका सचिव कृष्ण बहादुर खड्काले बताउनुभयो ।

सचिव खड्काले यहाँ मलेसियामा कार्यरत रहनुभएका र नेकपा एमाले पार्टी “प्रवासी नेपाली मञ्च” प्रति आस्थावान , बफादार नेपाली कार्यकर्ता र श्रमिक लगायत सबैजना लाई प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रममा उपस्थितिको लागि सार्वजनिक आह्वान समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *