थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
थामी (थाङ्मी) भाषाको पठन पाठन तयारी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।।
थामी (थाङ्मी) भाषाको पठन पाठन तयारी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।।

थाङ्मीचागु डट कम संवाददाता
२०८० माघ २१ ६ :३० आइतबार
विनोद मण्डल
दोलखा /भोट बर्मेली परिवारमा पर्ने थामी समुदायहरूले आफूलाई “थाङ्मी” भन्न रुचाउने थामी समुदायको आफ्नै भाषा थाङ्मी खाम रहेको छ ।

थामी समुदायको बसोबास धेरैजसो दोलखा र सिन्धुपाल्चोक रामेछाप सिन्धुली जिल्लामा रहेको पाईन्छ ।

थाङ्मी भाषाको लेखनशैली, पाठ्यक्रम (१-८), पाठ्यपुस्तक (१-३) लेखन बिषयक कार्यशाला”
नेपाल थामी समाज, कालिन्चोक गा पा र भाषा आयोगको त्रिपक्षीय सम्झौतामा सम्पन्न भएको छ ।

कालिन्चोक गा.पा का अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरको प्रमुख आतिथ्य , भाषा आयोगका का.मु सचिव डा. लोक बहादुर लोप्चनको
बिशेष आतिथ्यता तथा बालबिक्रम राई , भुपेन्द्र जोशी, नेथास अध्यक्ष राणा बहादुर थामी पूर्वध्यक्ष कबिराज थामी, नेथास पुर्व उपाध्यक्ष एवंम पत्रकार टेकराज थामी, भाषाविद् रमेश थामी, देव थामी, नेथास केन्द्रिय सदस्य भक्ति सिंह थामी, नेथास दोलखा अध्यक्ष होम ब. थामी, बिक्रम थामी, कालिन्चोक वडा नम्बर १ का अध्यक्ष पदम ब. थामी, पालिकाका जनप्रतिनिधिहरु, प्रधानाध्यापक, लगाएत स्थानीय बिषयका शिक्षक, बुद्दिजिवीहरु, सरोकारवालाहरुको बृहत् उपस्थितिमा कार्यशाला गोष्ठी सम्पन्न गरिएको हो ।

थामी समुदायको बाहुल्यता रहेको विगु गाउँपालिका लगायतको ठाउँहरूमा रहेको विद्यालयहरूमा बालबालिकालाई सहज पठन पाठनको लागि थामी पाठ्यक्रम तयारी हुन लागेको बुझिएको छ ।




