तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
बिगु ८ थाङ्मीचागु ठाती पोले प्रागणमा उधौली पर्व भव्यताका साथ सम्पन्न भयो ।।।
बिगु ८ थाङ्मीचागु ठाती पोले प्रागणमा उधौली पर्व भव्यताका साथ सम्पन्न भयो ।।।
सन्तोष ठान्टी थाङ्मी
थाङ्मी चागु डट कम संवाददाता
मङ्गलबार, १० पुस २०८०,
दोल्खा । मुलबासी मङ्गोल प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाएका छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।
किराँत थाङ्मीहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । यस चाडमा किराँतीहरु एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्दछन् ।
किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ ।
वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक भुम्या देवाको पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।
किराँत समुदायका मूलतः थाङ्मी,राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा सेहोले बुम्बो साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् ।
यसैबिच बिउ गाउँपालिका ८ साविक थाङ्मी चागु १ २ मा उभौली पर्व मनाइएको छ । उक्त कार्यक्रमलाई सफल बनाउनको निमित्त निम्न युवा समाजसेवी महिला सञ्जाल व्यक्तित्वहरूको प्रत्यक्ष सहभागिता थियो। कुमार थाङ्मी सरिता थाङ्मी गर्भे थाङ्मी सन्तान बहादुर थाङ्मी उर्मिला थाङ्मी छबिलाल थाङ्मी सन्ची माया थाङ्मी उक्त कार्यक्रमलाई समाजसेवी भिमलाल थाङ्मी र खम्बा थाङ्मीले सामूहिक उद्घाटन गरेका थिए गुरु आप्पा ज्ञान बहादुर थाङ्मी हुनुहुन्थ्यो ।
उधौली पर्व
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
लेखकको बारेमा





