मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
मेयर हर्क साम्पाङको अभियानमा राजेशपायल, दयाहाङ र विल्सनको आर्थिक सहयोग।।
हर्क साम्पाङको अभियानमा राजेशपायल, दयाहाङ र विल्सनको सहयोग
सन्तोष ठान्टी थाङ्मी
पुस ९, २०८० सोमबार
धरान / सुम्निमा-पारुहाङको प्रतिमा स्थापना गर्न धरानका मेयर हर्क साम्पाङले चलाएको अभियानमा सेलिब्रेटीले पनि साथ दिएका छन् । काठमाडौंमा आयोजित छलफलमा अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई, गायक राजेशपायल राई लगायतले आर्थिक सहयोगको घोषणा गरे ।उनले उक्त अभियानमा जनही १-१ लाख रुपैयाँ दिने बचन दिए ।
अन्य कलाकारहरु शान्तिराम राई, सत्यकला राई, एलिसा राई, अशोक मुकारुङ पनि छलफलमा थिए । सुम्निमा-पारुहाङको प्रतिमा स्थापनाले धरानको पर्यटनलाई मात्र नभएर नेपालको पर्यटनलाई पनि सघाउ पुग्ने विश्वास दयाहाङले ब्यक्त गरे । ‘किराँती दर्शनलाई हामीले जसरी बुझेका छौं, त्यसलाई हामीले बाहिर लैजान सकेका छैनौं’ दयाहाङको भनाई छ । धरानका मेयर साम्पाङले कलाकारको साथ पाउँदा आफूले भाग्यमानी महसुस गरेको बताए ।




