बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24बलात्कार कहिल्यै स्वीकार्य र सामान्य हुन सक्दैन कानूनमन्त्री गौतम
2026-08-24
Monday, August 24, 2026
अकवरे खुर्सानीको लागी प्रख्यात बन्दै दोलखा ।।।
अकवरे खुर्सानीको लागी प्रख्यात बन्दै दोलखा ।।।

विनोद मण्डल साउन ३१ । नेपाल भौगोलिक रूपमा विकट मानिएको छ जहाँ वातावरणीय विविधता हुनुका साथै कृषि फशलको उब्जनीमा समेत विविधता पाइन्छ ।
तराई र पहाडी क्षेत्रमा पाइने बालीनाली हिमाली क्षेत्रमा पाइने बालीनालीको उब्जनीमा तालमेल नमिल्नु वातावरणीय विविधताको मुख्य प्रभाबले गर्दा हो ।

देशको एक ठाउँमा उब्जनी हुने बालीनाली अर्को भेकका मानिसले सजिलै प्राप्त गर्नु यातायातको सुविधा बढ्नु नै हो ।
हिमाली जिल्ला अन्तर्गत दोलखाकाे शैलुङ्ग ७ फस्कुका किसानहरू यतिबेला अकवरे खुर्सानी खेतीमा लागिपरेका छन् ।

चिसो हावा पानीमा उब्जाईएको अकबरे खुर्सानीले ग्यास्टिक जस्ता रोगको लागि औषधिको काम गर्ने भएको हुनाले स्थानिय बजारहरुमा खुर्सानीको माग बढिरहेको अवस्थामा स्थानिय कृषकहरु खुर्सानी खेतीमा आकर्षित भएको बुझिएको देखिन्छ ।







