मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
फोहोर भन्दा गन्हाउने राजनीति गर्नेहरू विरुद्ध झनै कडा बनेर निस्किए बालेन, एक एकको गरे भण्डाफोर !
फोहोर भन्दा गन्हाउने राजनीति गर्नेहरू विरुद्ध झनै कडा बनेर निस्किए बालेन, एक एकको गरे भण्डाफोर !
काठमाडौँ । काठमाडौंका मेयर बालेन्द्र शाहले कुहिएको फोहोर भन्दा गन्हाउने राजनीति गर्ने एकएक पार्टीको भण्डाफोर गरेका छन् । मेयर बालेन्द्र शाहले सत्तारुढ दल र विपक्षी दलले नै फोहोर विसर्जनमा अवरोध गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत मेयर शाहले सोमबार पनि फोहोर विसर्जनको काम सहज नभएको बताएका हुन् ।
मेयर शाहले काठमाडौंको फोहोर विसर्जनमा सत्तारुढ दलका स्थानीय नेताहरूको अगुवाइमा सडक अवरुद्ध गरिएको बताएका छन् । त्यस्तै विपक्षी दलहरू एमाले र राप्रपाका स्थानीय नेताहरूले पनि सडक अवरुद्ध पार्न सघाएको उनले आरोप लगाएका छन् ।
सोमबार २ सयभन्दा बढी प्रहरी परिचालन गरी फोहोर बोकेका गाडी बन्चरेडाँडा लगिए पनि केही समूहले गुलेली हानेर अवरोध गरेको उनले बताएका छन् । सोमबार २०३ वटा गाडीले फोहोर विसर्जन गरेको उनले जानकारी गराएका छन् ।
फोहोर व्यवस्थापनमा तत्काल देखिएका समस्या सतही मात्रै भएको उल्लेख गर्दै उनले भनेका छन्, ’केही दिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै हो । यसका गहिरा र अलग्गै कारणहरु छन् । नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ ? २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?’
फोहोर व्यवस्थापनमा विगतमा भएका गल्ती नदोहो¥याउने भन्दै उनले भनेका छन्, ’यहाँ केही कमजोरी, केही गल्ती भएकै छ । सिसडोलमा गरिएको लापर्वाही र त्यो क्षेत्रको दूरावस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन । तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहो¥याएर अपराध गर्ने छैनौँ । यसका लागि केही समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बन्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील छ । हामी आफूले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।’
त्यस्तै अहिलेको मुख्य काम पनि स्वार्थ नभई फोहोर व्यवस्थापन भएको उनले बताएका छन् । उनले अगाडि भनेका छन्, ’व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नु पर्ने होइन, फोहोरको हो । आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो । त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ ।’
सत्तारुढ दलका स्थानीय नेताहरूले नै आइतबार बन्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै विज्ञप्ति जारी गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरुले सोमबार बिहानैदेखि धुनिबेंसी–१ ढाडेमा फोहोर बोकेका गाडीलाई रोकेका थिए । सोमबार दिउँसो प्रहरी परिचालन गरी अवरोध हटाएर फोहोर विसर्जन गरिएको थियो ।
त्यस्तै बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू गत सोमबार राति तोडफोड भएको थियो । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको थियो ।






