बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24बलात्कार कहिल्यै स्वीकार्य र सामान्य हुन सक्दैन कानूनमन्त्री गौतम
2026-08-24
अर्थमन्त्री शर्मा र हर्क साम्पाङबीच भेट, धरानको खानेपानी समस्या समाधान गर्न सहयाेग गर्ने प्रतिबद्धता
अर्थमन्त्री शर्मा र हर्क साम्पाङबीच भेट, धरानको खानेपानी समस्या समाधान गर्न सहयाेग गर्ने प्रतिबद्धता
काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न सङ्घीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
धरान उपमहानगरका मेयर हर्क साम्पाङसँग मङ्गलवार मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन सङ्घीय सरकारले महानगरलाई सहयोग गर्ने आश्वासन दिनुभयो ।
भेटमा मन्त्री शर्माले मेयर साम्पाङ र उहाँको टिमले धरानका जनताको खानेपानीको समस्या समाधान गर्न गर्नुभएको जनपरिचालनको उच्च प्रशंसा गर्नुभयो। ‘तपाईँले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निकै उदाहरणीय छ’, मन्त्री शर्माले भन्नुभयो ।
यस्तै मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न सङ्घीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईँहरू हाम्रो अभिभावक हो, जनताको यो समस्या समाधान गर्न आवश्यक सहयोग गरिदिनुहोला ।’
भेटमा धरान महानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघा पनि हुनुहुन्थ्यो ।






