रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21
Tuesday, October 22, 2024
मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित
मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित
स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज सुरुवात गरेको छ ।
पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकाल्ने क्रममा मेस्सीले दुई गोल गरे भने ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरे । यस्तै, अचरफ हाकिमी र कप्तान मार्किन्होसले एक एक गोल गरे ।
खेलमा पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल भएको थियो । जितसँगै साविक विजेता पिएसजीले ३ अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सकेको छैन ।