थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Sunday, June 14, 2026
टोटहहम र चेल्सीको सुखद सुरुवात

टोटहहम र चेल्सीको सुखद सुरुवात
इंग्लिस प्रिमियर लिग २०२२/२३ को सिजन शनिबार राति भएको खेलमा टोटनहम र चेल्सीले सुखद् सुरुवात गरेका छन् । टोटनहम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टिमले साउथह्याम्पटनलाई ४(१ ले पराजित गर्यो।
टोटनहमको जितमा र्यान सेसेग्नन, एरिक डायर र डेजन कुलुसेभिस्कीले एक(एक गोल गर्दा टिमले एक गोल भने साउथह्याम्पटनका मोहम्मेद सलिसुबाट आत्मघाती उपहार पाएको थियो । खेलमा अग्रता भने साउथह्याम्पटनले बनाएको थियो ।
१२औं मिनेटमा जे वार्ड प्रोसेले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, यो अग्रता धेरैबेर टिक्न भने सकेन । २१औं मिनेटमा सेसेग्ननले गोल गर्दै टोटनहमलाई खेलमा फर्काएका थिए । यस्तै, ३१औं मिनेटमा डायरले दोस्रो गोल गर्दा टोटनहमले ६१ औं मिनेटमा सलिसुबाट आत्मघाती गोल उपहार पाएको थियो ।




