थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Sunday, June 14, 2026
मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित

मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित
स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज सुरुवात गरेको छ ।
पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकाल्ने क्रममा मेस्सीले दुई गोल गरे भने ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरे । यस्तै, अचरफ हाकिमी र कप्तान मार्किन्होसले एक एक गोल गरे ।
खेलमा पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल भएको थियो । जितसँगै साविक विजेता पिएसजीले ३ अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सकेको छैन ।




