थामी खाम भाषाको पुस्तक खर्च अभाव संकटमा ।।।

69Shares

थामी खाम भाषाको पुस्तक खर्च अभावमा संकटमा ।।।

संवाददाता साउन २१ । नेपाली राजनीतिक परिवर्तनले लिखित रूपमा परिवर्तनको आभास दिलाए पनि समाजमा रहेको हैकमवादी चिन्तनका कारण ओझेलमा परेको छ थामी समुदायको खाम भाषा ।

दोलखा जिल्लाको बिगु र कालिन्चोक गाउँपालिका ( मुलबासी )आदिवासी जनजाति थामी समुदायको बाहुल्यता भएको क्षेत्र मानिन्छ जहाँ उलेख्य संख्यामा थामीहरुको बसोवास रहेको पाइन्छ । अत्यन्त दयनिय आर्थिक अवस्था भएका थामी समुदायलाई स्थानिय सरकारले पटक पटक पाखा लगाउँदै आएको छ ।

थामी समुदायको बालबालिका पढ्ने विद्यालयमा संस्कृत भाषाको पाठ्यक्रम लागू गर्नु अनि त्यहाँका विद्यालयहरूमा पठन पाठन नियमित नहुनु विद्यालय सञ्चालन हुनुपर्ने समय सम्म संचालन नगरिनु अनि कतिपय त्यहाँका विद्यालयमा शिक्षकहरु आठ महिनासम्म विद्यालयमा अनुपस्थित हुँदासम्म केही नबोल्ने स्थानिय सरकारले थामी समुदायको खाम भाषाको पुस्तक प्रकाशनमा आनाकानी गरिरहेका छन् ।

स्थानिय स्तरमा (मुलबासी ) आदिवासी जनजातिको उत्थानको लागि आएको रकमको गलत प्रयोग गरी थामी भाषाको पुस्तक प्रकाशनमा सहयोगको लागि स्थानिय सरकारलाई लिखित मौखिक निवेदन गर्दा पनि सरकार बेखवर बन्नु चिन्ताको बिषय बनेको अवस्था रहेको पाइन्छ ।

पुस्तक प्रकाशनमा सहयोगको अभावमा चिन्तित बनेका थामी समुदायले सहयोगको लागि आम सबैलाई अनुरोध गरेका छन् । साथै
स्थानिय सरकारलाई कानुनी दायरामा ल्याउन माग समेत रहेका छन् ।

स्थानिय सरकारको जिम्मेवारी बोकेका जन प्रतिनिधिहरूले निर्वाचनको चुनावी मैदानमा थामी समुदायको बस्तीमा गएर थामी समुदायको विकासको लागि आफूहरु हरदम तयार रहने भनी बताउँदै आएका उनै नेता गणले थामी समुदायको समस्याप्रति किन बेवास्ता गरिरहेको छ ? यता थामी समुदायबाट निर्वाचित भएका जनप्रतिनिधि पनि आफनै समुदायको लागि चिन्तित नहुनु चिन्ताको विषय बनेको अवस्था रहेको पाइन्छ ।

आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्न नसक्ने उनै थामी जनप्रतिनिधि ज्यूहरुले ठूला ठूला भाषण गरेको देख्दा थामी समुदायमा चिन्ता बढिरहेको छ भने यति बेला थामी समुदायको जनप्रतिनिधिले छातीमा हात राखेर सोच्नु पर्ने समय आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *