थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
व्यवस्थापनको अभावमा दुर्गन्धित बन्दै सिमरा ।।।

व्यवस्थापनको अभावमा दुर्गन्धित बन्दै सिमरा ।।।
विनोद मण्डल साउन २१ । मधेश प्रदेशको बारा सिमरामा व्यवस्थापनको अभावमा बजारमा फोहोर थुप्रिए पछि जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २को मुख्य बजार डम्पिङ साइट बन्दै गएको छ ।
बारा जिल्लाको जितपुर सिमरा उप – महानगरपालिका वडा नम्बर २ स्थित रहेको सिमरा बजारबाट उत्सर्जित र संकलित फोहोरको उचित व्यवस्थापकीय पक्षमा ध्यान नदिँदा स्थानिय बजारकाे वातावरण दुर्गन्धित बन्न थालेको देखिन्छ
स्थानिय बजारको घर तथा होटलबाट निस्केको फोहोरको उचित पहिचान र व्यस्थापन नभएकै कारण बजारमा दुर्गन्धका समस्या भोग्नु परिरहेको स्थानीयले बताएका छन् ्।
हाल नगरका टोल बस्तीबाट सङ्कलित फोहरलाई जथाभावी खुलेआम रूपमा बजारका मूख्य चोकहरूमा फाल्दा र सार्वजनिक स्थानमा फोहरको अस्वाभाविक सिर्जना भएपनि सार्वजनिक जबाफदेही बोकेका नगरपालिकाले फोहर व्यस्थापनको लागि कुनै कार्य अगाडि नबढापछि नगरमा फोहोर थुप्रिन पुगेको स्थानियको आरोप छ ।
बजारको अव्यवस्थित फोहरका कारण वातावरण प्रदूषित हुनुका साथै संभावित रोगको प्रकोप फैलन सक्ने प्रवल सम्भावना रहेकाे स्थानीयहरुको भनाई रहेको छ ।
फोहर व्यवस्थापन गर्नका लागि सरकारले नगरपालिकालाई फोहोर बोक्ने गाडीसमेत उपलब्ध गराएको भए पनि नगरपालिकाले फोहोर फाल्ने स्थानकाे अभाव देखाउँदै पन्छिँदै आएको छ । स्थानियलाई उद्दृद् गर्दै सिमरा अपडेटले जनाएका छन् ।




