४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
Tuesday, August 25, 2026
मतदाता नामावली संकलन स्थगित, अद्यावधिकको काम सुरु

२० साउन, काठमाडौं । निर्वाचन आयोगले आजबाट मतदाता नामावली संकलन स्थगित गरेको छ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेपछि आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो ।
आयोगले गत असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन गर्दै आएको थियो ।
निर्वाचनको मिति घोषणा भएकाले अब त्यो काम स्थगित गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आयोगका प्रवक्ता पौडेलका अनुसार अनलाइन फारम भरेर औंठा छाप र फोटो खिच्ने मिति निर्धारण भइसकेकाहरुको हकमा भने आज र भोलि (साउन २० र २१ गते)सम्म समय दिइएको छ ।
मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाएर अद्यावधिक गर्ने काम पनि आजैदेखि सुरु हुने आयोगले जनाएको छ ।





