विजयादशमी र थामी समुदायको ऐतिहासिक पीडा: पहिचान र अधिकारको प्रश्न ।।।
2026-10-21नेपाल थामी समाजको २७औँ वार्षिक साधारण सभामा राष्ट्रिय थाङ्मी गीत, राष्ट्रिय थाङ्मी विद्यार्थी पिटी गीत र थाङ्मी राष्ट्रिय मन्ते भजन विमोचन हुने ।।।
2026-10-20
Wednesday, October 21, 2026
सत्ता गठबन्धनको निर्णय: भदौ पहिलो साताभित्र चुनावी तालमेलसम्बन्धी सबै काम टुंगो लगाउने

काठमाडौँ । सत्ता साझेदार पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेको छ ।
चुनावी तालमेल गर्न आगामी भदौ पहिलो साताभित्र सबै काम सक्ने गरी कार्यदल गठन गर्ने सत्ता गठबन्धनका दलहरुबीच सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले कार्यदल गठन गर्ने सहमति गरेका हुन् । कार्यदलमा रहने व्यक्तिहरु आपसी छलफलपछि टुंगो लगाउने निर्णय भएको छ ।





