४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
Tuesday, August 25, 2026
नेपालगन्जमा गाई काटेको आरोपमा २ पक्राउ ।।।

गाई काटेको आरोपमा २ पक्राउ
बाँके: बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरबाट प्रहरीले गाईको मासुसहित दुई जनालाई पक्राउ गरेको छ ।
गाई काट्दै गरेको सूचनाको आधारमा गएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१७ थुकैलाका ४६ वर्षीय सलाउद्दीन जोलाहा र सोही ठाउँका ५३ वर्षीय बदरुद्दीन जोलाहालाई डेढ क्विन्टल गाईको मासुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
उनीहरुबाट गाई काट्न प्रयोग हुने औजारसमेत प्रहरीले बरामद गरेको छ । उनीहरुलाई थप अनुसन्धान गरिएको र प्रमाण सहित गौबधसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।





