रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21
Tuesday, October 22, 2024
नेपालगन्जमा गाई काटेको आरोपमा २ पक्राउ ।।।
गाई काटेको आरोपमा २ पक्राउ
बाँके: बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरबाट प्रहरीले गाईको मासुसहित दुई जनालाई पक्राउ गरेको छ ।
गाई काट्दै गरेको सूचनाको आधारमा गएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१७ थुकैलाका ४६ वर्षीय सलाउद्दीन जोलाहा र सोही ठाउँका ५३ वर्षीय बदरुद्दीन जोलाहालाई डेढ क्विन्टल गाईको मासुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
उनीहरुबाट गाई काट्न प्रयोग हुने औजारसमेत प्रहरीले बरामद गरेको छ । उनीहरुलाई थप अनुसन्धान गरिएको र प्रमाण सहित गौबधसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।