थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
बाइक पार्किङ स्थल बन्दै मालपोत कार्यालय ।।।

बाइक पार्किङ स्थल बन्दै मालपोत कार्यालय ।।।
विनोद मण्डल साउन १८ । सिराहा जिल्लाको सदरमुकाम सिरहामा रहेको मालपोत कार्यालय परिसरमा बाइकको पार्किङ सहज भएको छ ।
सेवाग्राही देखि कर्मचारीसम्मको पार्किङ स्थलको रूपमा रहेको कार्यालय परिसरमा बाइकको चाप बढेपछि सेवा लिन आम जनतालाई हम्मे परेको सेवा ग्राहीहरु बताउँछन् ।
कार्यालय परिसरको अगाडि भागमा बाईक पार्किङ गरेर कार्यालयको काम एकातिर गरिन्छ भने अर्कोतिर कार्यालयको पछाडीको भागमा हिलो र फोहोर पानी जमेको अवस्था रहेको पाइन्छ । कार्यालयको दक्षिणी भागमा वनमारा घारी रहेको छ ।
कार्यालय परिसरको फोहोरले मालपोत कार्यालय परिसरमा वातावरण दुर्गन्धित रहेको छ तर पनि निकाय सरसफाई र ब्यबस्थापनप्रति बेखवर हुनु चिन्ताको विषय बनेको अवस्था रहेको देखिन्छ त्यसैले कार्यालय व्यवस्थापनमा ध्यान केन्द्रित गर्न आवश्यक भएकोले तत्काल ध्यानाकर्षण हुन जरुरी देखिएको छ ।




