थामी समुदायको भाषा माथी शोषण ।।।

137Shares

थामी समुदायलाई पाखा लगाउँदै संस्कृत भाषामा पठन पाठन ।।।

राष्ट्रमा परिवर्तन आए पनि चेतनामा परिवर्तन हालसम्म आएको छैन ।

राजनीतिक इतिहासमा परिवर्तनले लोकतन्त्र गणतन्त्रको आभास दिलाए पनि पौराणिक विचार धारामा परिवर्तन नआउनु चिन्ताको विषय बनेको छ ।

दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका थामी समुदायको बाहुल्यता भएको पालिकाको रूपमा परिचित पालिका मानिन्छ जहाँ रहेका विद्यालयहरूमा कक्षा 1 देखि 3 सम्म स्थानिय भाषामा पठन पाठन गराउनुपर्ने नेपाल सरकारकाे प्रावधान भएपनि स्थानिय सरकारले संस्कृत भाषामा पठन पाठन गराउनमा तत्पर देखिनु चिन्ताको विषय बनेको छ ।

पाठ्यक्रम विकास केन्द्र र नेपाल सरकारले बनाएको नियम विपरीत कार्य पालिकाका शिक्षा शाखा मार्फत भइरहेको अवस्थामा जिल्ला शिक्षा इकाई अर्थात् जिल्ला शिक्षा कार्यालय किन यस विषयमा चासो लिन तयार रहेको छैन ?

आफ्ना भाषा सस्कृतिलाई ओझेलमा पारेर मुलबासी भुमीपुत्र को अधिकारलाई कुण्ठित गर्न लागेकोमा स्थानिय चिन्तित बनेका छन् ।

विद्यालयमा संस्कृत भाषाको पाठ्यक्रम लागू गराउन लागिपरेका र संस्कृत भाषाको पठन पाठनलाई मल जल गर्न एकल नश्लिए चिन्तन भएको विद्यालय प्रशासनहरु र ब्यबस्थापन समितिका अध्यक्ष ज्यूहरु लागिपरेको देख्दा थामी समाजमा चिन्ता बढ्न थालेको अवस्थामा टेलिफोनमार्फत भुम्या थामीले जानकारी दिनुभयो ।

थामी समुदायको बाहुल्यता रहेको यस ठाउँमा स्थानियको चाहना मुताबिक पठन पाठनको कार्यक्रम अगाडि बढ्नु पर्छ भन्ने मान्यता आम समुदायको भएकोले शैक्षिक वातावरण प्रति संबंधित निकायको ध्यानाकर्षण हुन् जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *