किसान र कृषिमाथिको कर्पोरेट आक्रमणविरुद्ध अखिल भारतीय किसान सभाको ३६औँ राष्ट्रिय सम्मेलन सुरु।।।

2Shares

किसान र कृषिमाथिको कर्पोरेट आक्रमणविरुद्ध अखिल भारतीय किसान सभाको ३६औँ राष्ट्रिय सम्मेलन सुरु

१६ नोभेम्बर २०२६, सोमबार संवाददाता : थाङ्मीचागु डटकम

तेलंगाना। किसान र कृषिमाथि बढ्दो कर्पोरेट हस्तक्षेपको प्रतिरोध गर्दै जनपक्षीय विकल्प निर्माणका लागि एकजुट हुन आह्वानसहित अखिल भारतीय किसान सभा (AIKS) को ३६औँ अखिल भारतीय सम्मेलन आजदेखि भारतको तेलंगाना राज्यस्थित नलगोन्डामा सुरु भएको छ।

‘किसान र कृषिमाथिको कर्पोरेट आक्रमणको प्रतिरोध गरौँ, जनविकल्प निर्माण गर्न एकजुट होऔँ’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनको सुरुवात विशाल र्‍यालीबाट गरिएको हो।

सम्मेलनमा किसानका हकहित, कृषि क्षेत्रको संरक्षण, खेतीपातीमा कर्पोरेट क्षेत्रको बढ्दो प्रभाव, कृषि नीतिका चुनौती तथा किसानले भोग्दै आएका समस्या प्रमुख छलफलका विषय रहनेछन्।

किसान आन्दोलनलाई थप संगठित, सशक्त र प्रभावकारी बनाउने उद्देश्यसहित आयोजित सम्मेलनले आगामी दिनमा किसानका अधिकारको रक्षा, कृषि क्षेत्रको आत्मनिर्भरता र जनपक्षीय कृषि नीतिका लागि आन्दोलनको भावी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *