दोलखामा एक लाखका अवैध पटका बरामद, प्रहरीले गर्यो नष्ट ।।।
2026-11-10धनगढीमाई–१३ स्थित अलपत्र गीता भवनको संरक्षण कार्य अघि बढ्यो, परिसरमा वृक्षारोपण सम्पन्न !!!
2026-11-10
Wednesday, November 11, 2026
दोलखामा एक लाखका अवैध पटका बरामद, प्रहरीले गर्यो नष्ट ।।।
दोलखामा एक लाखका अवैध पटका बरामद, प्रहरीले गर्यो नष्ट
संवाददाता : थाङ्मीचागु डटकम | २०८३ कात्तिक २४ गते
दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले तिहारका क्रममा जिल्लाका विभिन्न स्थानबाट करिब एक लाख रुपैयाँ बराबरका पटका, आतिशबाजी तथा विस्फोटकजन्य पदार्थ बरामद गरी नष्ट गरेको छ।
प्रहरी निरीक्षक किरण लोप्चनका अनुसार अवैध रूपमा भण्डारण गरिएका उक्त सामग्री मंगलबार नष्ट गरिएको हो। पटका प्रयोगबाट हुन सक्ने आगलागी, दुर्घटना तथा ध्वनि र वातावरण प्रदूषण न्यूनीकरण गर्न उक्त कारबाही गरिएको प्रहरीले जनाएको छ।




