किरात राई यायोक्खा विदेश संगठन मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न, छबिधान राईको नेतृत्वमा नयाँ कार्यसमिति ।।।
2026-09-21कुर्दिस्तान स्पोर्ट्स सेन्टर च्याम्पियनसिपमा नेपाली खेलाडी दावा फुन्जो शेर्पाको सफलता ।।।
2026-09-20
कुर्दिस्तान स्पोर्ट्स सेन्टर च्याम्पियनसिपमा नेपाली खेलाडी दावा फुन्जो शेर्पाको सफलता ।।।
कुर्दिस्तान स्पोर्ट्स सेन्टर च्याम्पियनसिपमा नेपाली खेलाडी दावा फुन्जो शेर्पाको सफलता
कुर्दिस्तान, इराक । असोज ४, २०८३
कुर्दिस्तान स्पोर्ट्स सेन्टर च्याम्पियनसिप आरएफएल–१४ मा नेपालको प्रतिनिधित्व गरेका नेपाली खेलाडी दावा फुन्जो शेर्पा (हिमालयन ट्याङ्कर) ले उल्लेखनीय सफलता हासिल गर्दै पदक जितेका छन्।
उनको उपलब्धिप्रति गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) इराकले बधाई तथा सम्मान व्यक्त गरेको छ।
एनआरएनए एनसीसी इराकका अध्यक्ष बिनोद श्रेष्ठले जारी गर्नुभएको बधाई तथा शुभकामना सन्देशमा शेर्पाको सफलताले कुर्दिस्तानमा रहेका नेपाली समुदायलाई गौरवान्वित बनाएको उल्लेख गरिएको छ।
अध्यक्ष श्रेष्ठले शेर्पाको उपलब्धिले विदेशमा रहेर खेलकुद क्षेत्रमा सक्रिय नेपाली खेलाडीहरूको प्रतिभा र योगदानलाई उजागर गरेको बताउँदै आगामी प्रतियोगिताहरूमा समेत थप सफलता हासिल गर्न शुभकामना दिनुभएको छ।
स्रोत : बिनोद श्रेष्ठ, अध्यक्ष, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) इराक।
थाङ्मीचागु डटकम




