कनकाई पुल निर्माणमा ढिलाइ पप्पु महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड जरिवाना
2026-09-13बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम
2026-09-13
रसुवा भोटेकोशी बाढीपछि खोज उद्धार र राहतमा समन्वय बढाइँदै
थाङमिचागु डटकम संवाददाता
भिमकुमार थामि चरिकोट दोलखा

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारी निकायबीच समन्वय र सञ्चारलाई प्राथमिकता दिइएको छ।
प्रभावित क्षेत्रमा भइरहेका खोज तथा उद्धार, राहत व्यवस्थापन तथा अन्य प्रतिकार्यलाई प्रभावकारी बनाउन केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र तीनवटा जिल्लाका जिल्ला कमाण्ड पोष्टबीच छलफल भएको हो।
छलफलमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धारको अवस्था, राहत तथा आवश्यक सामग्रीको व्यवस्थापन, घटनासम्बन्धी सूचना आदानप्रदान र आगामी प्रतिकार्यका विषयमा जानकारी तथा समन्वय गरिएको जनाइएको छ।
प्रभावित जिल्लाबाट प्राप्त सूचना केन्द्रसम्म छिटो पुर्याउने र केन्द्रबाट आवश्यक निर्देशन तथा सहयोग स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले कमाण्ड पोष्टहरूबीच निरन्तर समन्वय कायम गर्ने विषयमा समेत छलफल भएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यसँगै राहत वितरण, सडक तथा पुलजस्ता पूर्वाधार सञ्चालन र प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको छ।
सम्बन्धित निकायबीच प्रभावकारी सञ्चार र समन्वय कायम हुँदा विपद् प्रतिकार्यलाई थप चुस्त र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




