दोलखामा प्रदेश सरकारको बोर्ड राजनीति सेवा भने ठप्प
2026-09-08भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा
2026-09-08
Tuesday, September 8, 2026
भोटेकोसी बाढीका मृतकप्रति श्रद्धाञ्जली दरबार स्क्वायरमा मैनबत्ती प्रज्वलन
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गर्दै काठमाडौंको दरबार स्क्वायरमा सोमबार साँझ श्रद्धाञ्जलीस्वरूप मैनबत्ती प्रज्वलन गरिएको छ।
बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए।
मैनबत्ती प्रज्वलनमार्फत विपद्मा ज्यान गुमाएकाहरूको सम्झना गर्दै प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाइएको थियो।




