वैकल्पिक प्रक्रियाबाट एलपी ग्यासको आपूर्ति र बिक्री वितरण, ८७ हजार सिलिन्डर काठमाडौं भित्रिए

0Shares

वैकल्पिक प्रक्रियाबाट एलपी ग्यासको आपूर्ति र बिक्री वितरण, ८७ हजार सिलिन्डर काठमाडौं भित्रिए

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार
समय : १३:४४ बजे

भक्तपुर । पृथ्वीराजमार्गको कृष्णभिर खण्डमा पहिरो गएर सडक अवरुद्ध भएपछि काठमाडौंमा एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाइएको छ।

नेपाल आयल निगम लिमिटेडका अनुसार काठमाडौंका उद्योगका ग्यास सिलिन्डर तराईका विभिन्न उद्योगमा रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याएर बिक्री वितरण भइरहेको छ।

निगमका अनुसार बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका १६ वटा ग्यास उद्योगमा सिलिन्डर रिफिल गरिएको छ।

भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ सिलिन्डर गरी तीन दिनमा कुल ८७ हजार ८७७ सिलिन्डर रिफिल गरेर काठमाडौं भित्र्याइएको निगमले जनाएको छ।

थामीचागु डट कम
सम्पादक : मे हाङ ठाँटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *