वैकल्पिक प्रक्रियाबाट एलपी ग्यासको आपूर्ति र बिक्री वितरण, ८७ हजार सिलिन्डर काठमाडौं भित्रिए
2026-09-06बाढीले पुल बगाएपछि देवीघाटमा नेपाली सेनाले बनायो बेलिब्रिज
2026-09-06
बाढीले पुल बगाएपछि देवीघाटमा नेपाली सेनाले बनायो बेलिब्रिज
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

नुवाकोट । बाढीका कारण पक्की पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाटस्थित नदीमा नेपाली सेनाले बेलिब्रिज निर्माण गरेको छ।
भोटेकोशी तथा आसपासका नदीमा आएको विनाशकारी बाढीका कारण देवीघाट क्षेत्रमा रहेको पक्की पुल बगाएपछि स्थानीय बासिन्दा तथा सर्वसाधारणको आवतजावतमा समस्या उत्पन्न भएको थियो। पुल बगेसँगै यातायात सेवा प्रभावित हुँदा दैनिक आवतजावत, खाद्यान्न तथा अत्यावश्यक सामग्रीको ओसारपसारमा समेत कठिनाइ भएको थियो।
बाढीबाट प्रभावित नागरिकलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले नेपाली सेनाले तत्कालै बेलिब्रिज निर्माणको काम अघि बढाएको हो। छोटो समयमै बेलिब्रिज निर्माण भएपछि नदी वारपार गर्नुपर्ने सर्वसाधारणलाई ठूलो राहत मिलेको छ।
बेलिब्रिज निर्माणसँगै बाढीका कारण टुटेको सडक सम्पर्क पुनःस्थापित हुनुका साथै प्रभावित क्षेत्रमा राहत तथा उद्धारका सामग्री पुर्याउनसमेत सहज हुने अपेक्षा गरिएको छ। विपद्का बेला नेपाली सेनाले उद्धारसँगै क्षतिग्रस्त पूर्वाधारको तत्काल पुनःस्थापनामा देखाएको सक्रियताले स्थानीयमा थप भरोसा र आशा जगाएको छ।
स्थानीयवासीले बाढीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा सडक र पुलको दीर्घकालीन व्यवस्थापनका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन्। हाल निर्माण गरिएको बेलिब्रिजले तत्कालका लागि आवागमन सहज बनाए पनि क्षतिग्रस्त पक्की पुलको स्थायी पुनर्निर्माण आवश्यक रहेको स्थानीयको भनाइ छ।




