वैकल्पिक प्रक्रियाबाट एलपी ग्यासको आपूर्ति र बिक्री वितरण, ८७ हजार सिलिन्डर काठमाडौं भित्रिए
2026-09-06बाढीले पुल बगाएपछि देवीघाटमा नेपाली सेनाले बनायो बेलिब्रिज
2026-09-06
कुर्दिस्तानमा असामयिक निधन भएकाहरूप्रति श्रद्धाञ्जली बेपत्ता र घाइतेका लागि प्रार्थना
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

कुर्दिस्तान, इराक, ४ सेप्टेम्बर २०२६ । इराकको कुर्दिस्तानमा असामयिक निधन भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता भएकाहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित प्रार्थना सभा सम्पन्न भएको छ।
कुर्दिस्तानमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाहरूको संयुक्त आयोजनामा शुक्रबार दिउँसो ३ बजे नेपाली रेस्टुरेन्ट एण्ड … मा प्रार्थना सभा आयोजना गरिएको हो।
सभामा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सहभागीहरूले मौनधारण तथा सामूहिक प्रार्थना गरेका थिए। साथै, बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले दुःखद घटनाबाट प्रभावित परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा पीडित परिवारसँग ऐक्यबद्धता जनाएका थिए।




