किरात राई यायोक्खा विदेश संगठन मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन हुँदै !!!

0Shares

दुःखद परिस्थितिबीच किरात राई यायोक्खा विदेश संगठन मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन हुँदै

04 सेप्टेम्बर २०२६

मलेसिया । नेपालमा पछिल्लो समय आएको प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति किरात राई यायोक्खा विदेश संगठन, मलेसियाले गहिरो दुःख व्यक्त गरेको छ।

विपद्का कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ।

यही दुःखद परिस्थितिका बीच किरात राई यायोक्खा विदेश संगठन, मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आयोजना गर्न लागिएको हो।

किरात भाषा, संस्कार, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र संवर्द्धनसँगै संगठनात्मक एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउने उद्देश्यले अधिवेशन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

अधिवेशनमा मलेसियामा क्रियाशील विभिन्न संघ–संस्था, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा नेतागण, नेपाली व्यवसायी, समाजसेवी, पत्रकार, कलाकार तथा नेपाली श्रमिकलगायत सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

विशेषगरी किरात समुदायका सम्पूर्ण व्यक्तित्व, अगुवा तथा शुभेच्छुकहरूलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि आयोजकले सादर अनुरोध गरेको छ।

अधिवेशनले प्रवासमा रहेका किरात समुदायबीच एकता, सहकार्य र सद्भावलाई थप मजबुत बनाउँदै किरात भाषा, संस्कार, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र संवर्द्धनमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

अधिवेशन विवरण

मिति : २० सेप्टेम्बर २०२६, आइतबार
समय : दिउँसो १२:०० बजेदेखि
स्थान : होटल हिमालयनको सभा हल, मलेसिया

तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ सफल पारौँ।
एकता, सहकार्य र सद्भावका साथ अघि बढौँ।

थाङ्मीचागु डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *