किरात राई यायोक्खा विदेश संगठन मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन हुँदै !!!
2026-09-04बिगु गाउँपालिकाका शिक्षक कर्मचारीद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ६३ हजार सहयोग
2026-09-03
सम्पर्कविहीन थामीहरूको खोजी तथा उद्धारका लागि निरन्तर पहल
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । थामी समुदायका धरोहर, अग्रज तथा बौद्धिक व्यक्तित्व टेकराज थामीसहित सम्पर्कविहीन रहेका सम्पूर्ण थामी दाजुभाइ तथा दिदीबहिनीहरूको खोजी तथा सकुशल उद्धारका लागि पहल तीव्र पारिएको छ।
नेपाल थामी समाज केन्द्रीय कार्यालयले विभिन्न स्थान तथा सम्बन्धित निकायमा आधिकारिक पत्र बुझाउँदै सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि जिम्मेवारी बाँडफाँड गरेको जनाएको छ।
यसैक्रममा आज नयाँ पत्रिका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको छ। साथै, राष्ट्रिय समाचार समिति (रासस) कार्यालयमा पुगेर टेकराज थामीको खोजीकार्यबारे आवश्यक जानकारी लिइएको समाजले जनाएको छ।
सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको भन्दै नेपाल थामी समाजले सम्पर्कविहीन सबै व्यक्तिको सत्यतथ्य जानकारी सार्वजनिक गर्दै सकुशल उद्धार नभएसम्म खोजी अभियान र आवाज निरन्तर जारी राख्ने जनाएको छ।
समाजले खोजी तथा उद्धार कार्यमा सम्बन्धित निकाय, सञ्चारमाध्यम र सम्पूर्ण सरोकारवालालाई आवश्यक सहयोग र समन्वयका लागि आग्रहसमेत गरेको छ।




