लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङमा भेटियो दुईवटा शव
2026-09-03चीनबाट आइपुग्यो चार ठूला ड्रोन, उद्धार र राहतका लागि रसुवा पठाइँदै
2026-09-03
लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङमा भेटियो दुईवटा शव
लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङमा भेटियो दुईवटा शव
प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार
समय : १३:४४ बजे
भक्तपुर । रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ।
नेपाली सेनाका उद्धारकर्मीले सुरुङसम्म पुग्ने पहुँचमार्ग बनाएर खोजी तथा उद्धारका क्रममा दुईवटा शव निकालेका हुन्। आयोजनाका प्रबन्धक विजयमान भट्टराईका अनुसार उद्धार टोलीले सुरुङभित्रबाट दुई जनाको शव फेला पारी बाहिर निकालेको हो।
बुधबार साँझ निकालिएका शव नुवाकोटमा राखिएको जनाइएको छ। लाङटाङ जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोली परिचालन गरिएको छ।
हाइड्रो–मेकानिकल इन्जिनियरसहितको टोली सुरुङभित्र करिब १५० मिटर प्रवेश गरी खोज तथा उद्धार कार्यमा जुटेको प्रबन्धक भट्टराईले जानकारी दिए।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हाल दुई स्थानमा प्वाल बनाएर सुरुङभित्र खोजी कार्य भइरहेको छ।
२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ४१ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।
थामीचागु डट कम
सम्पादक : मे हाङ ठाँटी



