भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा
2026-08-30नेपालको दुःखमा श्रीलंकाको साथ १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा
2026-08-29
भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा
भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा
१४ भाद्र २०८३, आईतवार ०६:२५
भक्तपुर । भोटेकोशी नदीमा पानीको बहाव बढे पनि हाल ठूलो जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आइतबार बिहान करिब ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै नदीमा बहाव बढेपनि त्रासपूर्ण अवस्था नरहेको जनाएको हो।
यसअघि भोटेकोशी नदी सुसाएको तथा पानीको बहाव बढेको सूचना आएपछि नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो।
महाशाखाका अनुसार नुवाकोट क्षेत्रमा पनि नदीको बहाव केही बढेको छ। तर हालको अवस्था ठूलो जोखिमपूर्ण नरहेको जनाइएको छ।
नदी किनार आसपासका स्थानीयले समेत पानीको बहाव बढे पनि विगतमा जस्तो अवस्था नरहेको भन्दै सामाजिक सञ्जालमार्फत श्रव्य–दृश्य सामग्री सार्वजनिक गरिरहेका छन्।
रसुवा, नुवाकोट हुँदै धादिङसम्मका नदी तटीय क्षेत्रमा तत्काल ठूलो विपद्को जोखिम नरहेको भन्दै महाशाखाले नागरिकलाई नआत्तिन आग्रह गरेको छ।
यद्यपि, वर्षायाम कायमै रहेकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क र सचेत रहन महाशाखाले आग्रह गरेको छ।
थामीचागु डट कम
सम्पादक : मे हाङ ठाँटी





