नेपाली सेनाका क्याप्टेनसहित ८५ सुरक्षाकर्मी अझै सम्पर्कविहीन ।।।

0Shares

नेपाली सेनाका क्याप्टेनसहित ८५ सुरक्षाकर्मी अझै सम्पर्कविहीन

११ भाद्र २०८३, बिहीबार

भक्तपुर । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी नेपाली सेनाका क्याप्टेन र सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ८५ सुरक्षाकर्मी अझै सम्पर्कविहीन रहेका छन्।

बुधबार बेलुकासम्म नेपाली सेनाका क्याप्टेनसहित ४४ जना, सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित १३ जना र नेपाल प्रहरीका २८ जना सम्पर्कमा नआएका हुन्।

सम्पर्कविहीन ४४ जना नेपाली सेना रसुवाका विभिन्न हाइड्रोपावर तथा लाङटाङ राष्ट्रिय निकुञ्जमा खटिएका थिए। सशस्त्र प्रहरीको बीओपी टिमुरेका इन्स्पेक्टरसहित ९ जना तथा मैलुङ सुरक्षा बेसका ४ जना पनि सम्पर्कविहीन छन्। केही सुरक्षाकर्मीलाई भने घाइते अवस्थामा उद्धार गरिएको छ।

नेपाल प्रहरीतर्फ ६ वटा युनिटका २८ जना प्रहरी सम्पर्कविहीन छन्। इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन् भने १० जना अझै बेपत्ता छन्।

रसुवागढी प्रहरी चौकीमा कार्यरत ९ जनामध्ये एक जना मात्रै ज्यान जोगाउन सफल भएका छन् भने ८ जना सम्पर्कविहीन छन्। स्याफ्रुबेसी प्रहरी चौकीका ३ जना र अस्थायी प्रहरी चौकी मैलुङका ५ जना प्रहरी पनि सम्पर्कमा आएका छैनन्।

त्यसैगरी, बेत्रावती प्रहरी चौकीमा कार्यरत १० जनामध्ये एक जना र हाकु प्रहरी चौकीमा कार्यरत ६ जनामध्ये एक जना प्रहरी पनि बेखबर रहेको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा बेपत्ता सुरक्षाकर्मीको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *