विनाशकारी बाढीबीच नेपाली सेनाद्वारा ८८३ जनाको उद्धार
2026-08-27नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
2026-08-27
नदी किनारमा भेटिए ६४ शव, चितवनको शवगृह भरियो ।।।
नदी किनारमा भेटिए ६४ शव, चितवनको शवगृह भरियो
चितवन । रसुवामा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा धमाधम शव फेला पर्न थालेका छन्। एकैपटक ठूलो संख्यामा शव भेटिएपछि भरतपुर अस्पतालको शवगृह भरिएको छ।
प्रहरीका अनुसार त्रिशूली र नारायणी नदीमा हालसम्म ६४ जनाको शव फेला परेको छ। ती शव भरतपुर अस्पतालको शवगृहमा राखिएको भए पनि ठाउँ अभाव भएपछि थप फेला पर्ने शवलाई अन्यत्र व्यवस्थापन गर्ने तयारी गरिएको छ।
शवगृहमा ठाउँ नपुगेपछि तनहुँमा फेला परेका नौवटा शवसमेत चितवन पठाइएपछि पुनः फिर्ता गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदी किनारमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।
सात जिल्लामा १५७ शव
प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार रातिसम्म रसुवाको बाढीका कारण सात जिल्लामा गरी १५७ जनाको शव फेला परेको छ।
- रसुवा — ३
- नुवाकोट — १३
- धादिङ — २७
- चितवन — ६४
- गोरखा — १९
- तनहुँ — ९
- नवलपरासी पूर्व — २२
बाढीपछि उद्धार तथा खोजीमा खटिएका सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका छन्। नेपाली सेनाका क्याप्टेनसहित ४४ जना, सशस्त्र प्रहरीका इन्सपेक्टरसहित १३ जना र नेपाल प्रहरीका २८ जना बुधबार बेलुकासम्म सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।
बाढीमा कति मानिस बगे भन्ने यकिन विवरण अझै आउन सकेको छैन। खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ।





