भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या ९७ पुग्यो

0Shares

भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या ९७ पुग्यो

 १० भाद्र २०८३, बुधबार १९:३९

भक्तपुर । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ९७ पुगेको छ।

बुधबार साँझसम्म प्रहरीले दिएको जानकारीअनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँलगायत नदी तटीय क्षेत्रमा ९७ जनाको शव फेला परेको हो।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रमा फेला परेका शवमध्ये कतिपयको शरीरका केही अंग मात्रै भेटिएका छन्। भेटिएका शवको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले विभिन्न जिल्लामा गरी हालसम्म ९७ जनाको शव फेला परेको जानकारी दिएका छन्।

यस्तै, बाढीमा परेका ५४ जनाको जीवितै उद्धार गरिएको बागमती प्रदेश प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

प्रहरी तथा सुरक्षा निकायले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ।

थामीचागु डट कम
सम्पादक : मे हाङ ठाँटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *