निजी भ्रमणमा पोखरा पुगे प्रधानमन्त्री बालेन शनिबार मुस्ताङ जाने
2026-08-21गरिमा चौधरीको बलात्कारपछि हत्याको विरोधमा गोलबजारमा प्रदर्शन
2026-08-21थामी समाजको प्रतिनिधिमण्डलद्वारा पूर्वप्रधानमन्त्री ओलीसँग भेटघाट, ऐतिहासिक ग्रन्थ हस्तान्तरण
2026-08-21
थामी समाजको प्रतिनिधिमण्डलद्वारा पूर्वप्रधानमन्त्री ओलीसँग भेटघाट, ऐतिहासिक ग्रन्थ हस्तान्तरण
थामी समाजको प्रतिनिधिमण्डलद्वारा पूर्वप्रधानमन्त्री ओलीसँग भेटघाट, ऐतिहासिक ग्रन्थ हस्तान्तरण
काठमाडौं, भदौ ५, २०८३ । नेपाल थामी समाज केन्द्रीय समितिको प्रतिनिधिमण्डलले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको छ। भेटका क्रममा थाङ्मी समुदायको ऐतिहासिक तथा सांस्कृतिक ग्रन्थ ‘सिलोखे पालाखे मुन्धुम’ र थाङ्मी समुदायको इतिहास, संस्कृति, संस्कार तथा पहिचान समेटिएको ‘थाङ्मी समुदायको चिनारी’ नामक पुस्तक अध्यक्ष ओलीसमक्ष हस्तान्तरण गरिएको हो।
२०८३ साल भदौ ४ गते सम्पन्न उक्त भेटघाट तथा ग्रन्थ हस्तान्तरण कार्यक्रमलाई थामी समुदायको भाषा, संस्कृति, मुन्धुम, इतिहास र पहिचानलाई राष्ट्रिय तहमा पुर्याउने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।
प्रतिनिधिमण्डलमा नेपाल थामी समाज केन्द्रीय समितिका अध्यक्ष रणबहादुर थामी, नेपाल थामी समाजका सल्लाहकार रामकाजी थामी, राष्ट्रिय पत्रकार टेकराज थामी, नेपाल थामी समाज दोलखा जिल्ला अध्यक्ष होम थामी तथा बागमती प्रदेशका माननीय प्रदेशसभा सदस्य ठूला थामीका स्वकीय सचिव मणि थामी लगायत थाङ्मी समुदायका अगुवा तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
भेटका क्रममा थामी समुदायको मौलिक इतिहास, मुन्धुम, भाषा, संस्कार, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका विषयमा समेत छलफल भएको थियो। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको थामी समुदायको मौलिक ज्ञान, परम्परा र इतिहासलाई लिखित दस्तावेजका रूपमा संरक्षण गर्ने उद्देश्यले तयार पारिएका उक्त ग्रन्थहरू राष्ट्रिय राजनीतिक नेतृत्वसमक्ष प्रस्तुत गरिएको हो।
ऐतिहासिक ग्रन्थ तथा ‘थाङ्मी समुदायको चिनारी’ पुस्तक पूर्वप्रधानमन्त्री ओलीसमक्ष हस्तान्तरण हुनु सम्पूर्ण थामी समुदायका लागि गौरवपूर्ण तथा स्मरणीय अवसर भएको नेपाल थामी समाजले जनाएको छ।
समाजले थामी समुदायको भाषा, संस्कृति, मुन्धुम, इतिहास र पहिचानको संरक्षण तथा पुस्तान्तरणलाई प्राथमिकतामा राख्दै राष्ट्रिय तहमा समुदायको मौलिक पहिचान स्थापित गर्न निरन्तर पहल गर्दै आएको जनाएको छ।
यस भेटघाट तथा ग्रन्थ हस्तान्तरणले थामी समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा थप परिचित गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।




