मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
गरिमा चौधरीको बलात्कारपछि हत्याको विरोधमा गोलबजारमा प्रदर्शन
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा शुक्रबार युवाहरूले प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागी युवाहरूले बालिका हत्या तथा बलात्कारजस्ता जघन्य अपराधका दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले पीडित परिवारलाई न्याय दिलाउन र समाजमा यस्ता घटना दोहोरिन नदिन राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न, अपराधीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिन तथा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका थिए।
गरिमा चौधरीको घटनाले स्थानीयवासी तथा सर्वसाधारणमा आक्रोश बढाएको भन्दै युवाहरूले न्यायका लागि आवाज उठाउँदै प्रदर्शन गरेका हुन्।





