५० घण्टापछि जङ्गलको झाडीमा एक्लै भेटिए २ वर्ष ६ महिनाका बालक

0Shares

थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

नवलपरासी — गैंडाकोट नगरपालिका–१४, भागरका २ वर्ष ६ महिनाका एक बालक करिब ५० घण्टापछि जङ्गलको झाडीमा सकुशल फेला परेका छन्।

बालक विक्रम संवत् २०८३ भदौ २ गतेदेखि हराएका थिए। परिवार, स्थानीय बासिन्दा र प्रहरीको सहकार्यमा निरन्तर खोजी गर्ने क्रममा भदौ ४ गते बिहान ९ः४० बजे जङ्गलको झाडीमा बालक एक्लै अवस्थामा फेला परेका हुन्।

करिब ५० घण्टासम्म जङ्गलमा एक्लै रहेका बालकले भोक, डर र तनावका बीच समय बिताउनुपरेको अनुमान गरिएको छ। लामो समयसम्म जङ्गलमा एक्लै रहँदा पनि कुनै जंगली जनावरबाट क्षति नपुग्नु परिवार तथा स्थानीयका लागि ठूलो राहतको विषय बनेको छ।

बालक सकुशल भेटिएपछि परिवारजन, स्थानीयवासी तथा खोजी कार्यमा संलग्न सुरक्षाकर्मीले राहतको महसुस गरेका छन्। घटनाले बालबालिकाको सुरक्षा र निगरानीमा परिवार तथा समुदाय थप सचेत र सजग हुनुपर्ने सन्देशसमेत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *