५० घण्टापछि जङ्गलको झाडीमा एक्लै भेटिए २ वर्ष ६ महिनाका बालक
2026-08-20धनगढीमाई १३ मा सामाजिक सुरक्षा भत्ता नवीकरण ४१८ लाभग्राहीको नवीकरण सम्पन्न
2026-08-20नेपाली महिला समाज कुर्दिस्तान सुलेमानीको सातौँ प्रस्तुति तीज विशेष कार्यक्रम २०२६ आयोजना हुने
2026-08-20
धनगढीमाई १३ मा सामाजिक सुरक्षा भत्ता नवीकरण ४१८ लाभग्राहीको नवीकरण सम्पन्न
थाङमिचागु चरिकोट दोलखा
थाङमिचागु डटकम संवाददाता

सिराहा — धनगढीमाई नगरपालिका–१३ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीमध्ये हालसम्म ४१८ जनाको नवीकरण सम्पन्न भएको छ।
वडा कार्यालयबाट प्राप्त विवरणअनुसार वडामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने कुल ७१३ जना लाभग्राही रहेका छन्। तीमध्ये ४१८ जनाको नवीकरण सम्पन्न भए पनि अझै २९५ जना लाभग्राहीको नवीकरण गर्न बाँकी रहेको छ।
नवीकरण सम्पन्न भएका लाभग्राहीमध्ये ज्येष्ठ नागरिक १४५ जना, अन्य ज्येष्ठ नागरिक दलित २५ जना, अन्य ज्येष्ठ नागरिक एकल महिला १४ जना, विधवा २७ जना, पूर्ण अपाङ्गता भएका २ जना, अति अशक्त अपाङ्गता भएका १६ जना, क्षेत्र तोकिएका बालबालिका १३० जना र दलित बालबालिका ४९ जना रहेका छन्।
वडा कार्यालयले नवीकरण गर्न बाँकी रहेका लाभग्राहीलाई निर्धारित प्रक्रियाअनुसार समयमै नवीकरण गराउन आग्रह गरेको छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लक्षित वर्गले समयमै नवीकरण नगरेमा आगामी भुक्तानी प्रक्रियामा समस्या आउन सक्ने भएकाले आवश्यक कागजातसहित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको हो।
सामाजिक सुरक्षा भत्ता राज्यले ज्येष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालगायत लक्षित वर्गलाई प्रदान गर्दै आएको महत्वपूर्ण सामाजिक सुरक्षा कार्यक्रम हो। लाभग्राहीको समयमै नवीकरणले उनीहरूले पाउँदै आएको सुविधा निरन्तर रूपमा उपलब्ध गराउन सहयोग पुग्ने वडा कार्यालयले जनाएको छ।




