७१ औँ प्रहरी दिवसमा अमर प्रहरीप्रति श्रद्धाञ्जली गृहमन्त्री सुधन गुरुङद्वारा सम्बोधन
2026-10-16दोलखाको लापिलाङमा दोलखा जिल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
2026-10-16
Friday, October 16, 2026
रोल्पाको भाङ्गोबारीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना, चालकसहित दुई जना घाइते ।।।
रोल्पाको भाङ्गोबारीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना, चालकसहित दुई जना घाइते ।।।
माया स्याङ्तान, १२ मंसिर ।
रोल्पाको त्रिवेणी गाउँपालिका–२, भाङ्गोबारीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
सहिदमार्गअन्तर्गत दुईखोलीतर्फ जाँदै गरेको ना १ क ३०५२ नम्बरको ट्रक भाङ्गोबारी भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा ट्रक चालक हेटौडा उपमहानगरपालिका–१३ का विवेक सिंह तामाङ र ट्रकमा सवार रोल्पाको त्रिवेणी–७ का केशर वि.क. घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुवै जनाको अवस्था सामान्य रहेको छ। घाइतेहरूलाई उपचारका लागि नुवागाउँ स्वास्थ्य चौकी पठाइएको प्रहरीले जानकारी दिएको छ ।





