मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
लेटाङमा नवगठित श्रम संस्कृति पार्टी नगर कमिटी श्रम र संस्कृतिको मर्मसँगै नयाँ यात्राको सुरुवात!
लेटाङमा नवगठित श्रम संस्कृति पार्टी नगर कमिटी — श्रम र संस्कृतिको मर्मसँगै नयाँ यात्राको सुरुवात!
२०७८ कार्तिक १७ गते / 3 November 2025
लेटाङ, मोरङ।
नेपालको सामाजिक र राजनीतिक चेतनामा श्रम र संस्कृतिलाई केन्द्रविन्दु बनाउँदै अघि बढिरहेको श्रम संस्कृति पार्टीले मोरङ जिल्लाको लेटाङ नगर कमिटी औपचारिक रूपमा घोषणा गरेको छ।
लेटाङमा आयोजित विशेष कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य समिर तामाङको विशेष उपस्थितिमा नयाँ नगर कमिटीको संरचना सार्वजनिक गरिएको हो।
कार्यक्रमको क्रममा अध्यक्ष साम्पाङले “श्रम बिना विकास सम्भव छैन, संस्कृतिविना पहिचान अधुरो हुन्छ” भन्दै श्रम र संस्कृतिलाई राजनीतिक आन्दोलनको मूल आत्मा बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले स्थानीय स्तरबाट श्रमिकहरूको सहभागिता, आत्मनिर्भरता र सहयोगी भावनालाई जगाउने अभियानको सुरुवात लेटाङबाट नै हुने विश्वास व्यक्त गर्नुभयो।
यस अवसरमा उपस्थित सहभागीहरूलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य समिर तामाङले पार्टीको दृष्टिकोण, सिद्धान्त र आगामी कार्यदिशाबारे विस्तृत जानकारी दिनुभयो। उहाँले श्रम संस्कृति पार्टी कुनै साधारण संगठन नभई, श्रमिक, किसान, र सांस्कृतिक चेतनाका मूल्यहरूलाई जोड्ने सामाजिक आन्दोलन हो भन्ने बताउनुभयो।
नवगठित नगर कमिटीको संरचना
- अध्यक्ष: ललितबहादुर लिम्बु
- उपाध्यक्ष: मिठ गिरी चौलागाई
- उपाध्यक्ष: लक्ष्मण दमाई
- सचिव: बिराज राई
- कोषाध्यक्ष: टेक कुमारी लिम्बू
साथै, २१ सदस्यीय नगर कमिटी समेत सर्वसम्मत रूपमा चयन गरिएको छ।
🌱 श्रम र संस्कृतिको साझा अभियान
नवगठित कमिटीले पार्टीको मूल सिद्धान्त “श्रमलाई सम्मान, श्रमसंस्कृतिलाई संरक्षण” लाई मार्गदर्शक सूत्रका रूपमा अंगीकार गर्दै, स्थानीय समुदायमा श्रमप्रतिको चेतना, सहयोग र साझा विकासको भावना विस्तार गर्ने लक्ष्य लिएको छ।
कमिटीका पदाधिकारीहरूले सहकार्य, पारदर्शिता र जनसहभागितामार्फत लेटाङलाई श्रममैत्री र सांस्कृतिक चेतनायुक्त शहर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन ।




