राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02
नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाको बलिहाङ (देउसी) कार्यक्रम भव्यताका साथ सम्पन्न ७ हजार रिंगेत भन्दा बढी सहयोग संकलन”
नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाको बलिहाङ (देउसी) कार्यक्रम भव्यताका साथ सम्पन्न ७ हजार रिंगेत भन्दा बढी सहयोग संकलन”

थाङ्मीचागु डट कम विशेष / मलेसिया
०६ -कार्तिक- बिहिवार २०८२
नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाले एक कदम मानवताको तर्फ” भन्ने मूल नारासहित
भव्य र ऐतिहासिक बलिहाङ (देउसी) सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम मलेसियाको कोताराय घण्टा घर परिसरमा अत्यन्तै उत्साहपूर्ण माहोलमा सम्पन्न भएको थियो।
मञ्चमा बजेका परम्परागत तालहरू, देउसी–भैलो गीत, र सांस्कृतिक प्रस्तुतिहरूले
मलेसियामा रहेका नेपाली समुदायमा बलिहाङ पर्वको उल्लास र
सांस्कृतिक एकताको अद्भुत झल्को प्रस्तुत गर्यो।

कार्यक्रममा मलेसियास्थित विभिन्न आदिवासी जनजाति समुदायका
दाजुभाइ–दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो।
सांस्कृतिक झल्को, देउसी–भैलो गीत, नाचगान र सहयोग संकलनमार्फत
७ हजार रिंगेत भन्दा बढी दक्षिणा रकम संकलन गरिएको छ।
महासङ्घले संकलित रकमलाई समाजिक र मानवीय कार्यमा प्रयोग गर्ने बताइएको छ।
कार्यक्रमले प्रवासमा पनि “संस्कृति बचाऔं, एकता फैलाऔं” भन्ने सन्देश फैलाएको छ।
कार्यक्रमको नेतृत्व नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाका अध्यक्ष पदम लिम्बुज्यूले गर्नुभएको थियो।
महासचिव सञ्जीव तामाङले थाङ्मीचागु डट कमलाई जानकारी दिँदै भन्नुभयो —
“यो बलिहाङ कार्यक्रम हाम्रो सांस्कृतिक पहिचान मात्र होइन,
यो मानवता, सहकार्य र समुदायिक एकताको उदाहरण हो।
प्रवासमै बसेर पनि हामीले आफ्नी मातृभूमिप्रतिको जिम्मेवारी निभाइरहेका छौं।”
कार्यक्रममा विभिन्न आदिवासी जनजाति कलाकारहरूले प्रस्तुत गरेका
लोकगीत, नाचगान र परम्परागत पोशाकका झल्काहरूले
दर्शकहरूलाई नेपालकै परिवेशमा लगेझैं अनुभूति गराएको थियो।
बलिहाङ पर्वलाई केन्द्रमा राखेर गरिएको यस देउसी–भैलो कार्यक्रममा
आयोजक संस्थाका पदाधिकारी, सदस्य, सल्लाहकार, र अतिथिहरूको
सहभागिताले कार्यक्रममा ऐक्यबद्धताको सुन्दर दृश्य देखिएको थियो।
मिडिया सहयोग: थाङ्मीचागु डटकम
आयोजक: नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसिया
स्थान: कोताराय, मलेसिया




