मलेसियामा रोल्पालीहरूको एकता : पेनाङमा नयाँ क्षेत्रीय समिति गठन, अध्यक्षमा दिपेन्द्र बुढा मगर

0Shares

मलेसियामा रोल्पालीहरूको एकता : पेनाङमा नयाँ क्षेत्रीय समिति गठन, अध्यक्षमा दिपेन्द्र बुढा मगर

२०८२ कात्तिक ६ गते, बिहीबार (२०२५ अक्टोबर २३)

पेनाङ, मलेसिया ।
रोल्पाली सेवा समाज मलेसियाले पेनाङ क्षेत्रीय समिति गठन कार्यक्रम भव्यतापूर्वक सोमबार, अक्टोबर २० तारिख सम्पन्न गरेको छ। समाजको साहित्य विभाग प्रमुख दिपेन्द्र बुढा मगरको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा रोल्पाली सेवा समाज मलेसियाका केन्द्रीय अध्यक्ष तिपेन्द्र बुढा मगरले पेनाङमा समिति गठन हुनु प्रवासी रोल्पालीहरूको एकता र पहिचान सुदृढीकरणतर्फको सकारात्मक कदम भएको उल्लेख गर्दै नवगठित समितिका पदाधिकारीहरूलाई शुभकामना व्यक्त गर्नुभयो। उहाँले प्रवासमा रहँदा ज्ञान, सीप र क्षमताको आदान–प्रदानमार्फत समुदायलाई एकजुट बनाएर समृद्ध प्रवासी पहिचान निर्माण गर्न आवश्यक रहेको धारणा राख्नुभयो।

त्यसैगरी, नवगठित पेनाङ क्षेत्रीय समितिका अध्यक्ष दिपेन्द्र बुढा मगरले विगतका विभिन्न कालखण्डमा रोल्पालीहरूले मलेसियामा गौरव जगाउने काम गर्दै आइरहेको बताउँदै संस्थालाई थप सुदृढ बनाउँदै पेनाङमा सक्रिय र अनुकरणीय संगठन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नवगठित कार्यसमिति यस प्रकार छः

अध्यक्ष: दिपेन्द्र बुढा मगर
उपाध्यक्ष: प्रशुराम विक
महिला उपाध्यक्ष: खिम कुमारी वली
सचिव: बिरेन्द्र वली
सह–सचिव: मुना परियार
कोषाध्यक्ष: स्कमल महरा
सह–कोषाध्यक्ष: धना विक

प्रमुख सल्लाहकार: स्केदार सिङ डाँगी
सल्लाहकारहरू: सदीपेन्द्र खड्का, गिर बहादुर घर्ती मगर

सदस्यहरू:
चन्द्रप्रकाश बुढा मगर, तुलाराम विक, तिलक भण्डारी, रोहोन राणा मगर, सर्मिला घर्ती मगर, अग्रज घर्ती मगर, भीम बहादुर पुन मगर, दिनेश वली, देब मगर, दिपेश घर्ती मगर, युवराज गुरुङ।

यस समितिको गठनसँगै मलेसियामा रहेका रोल्पाली समुदायबीच आपसी एकता, सांस्कृतिक संरक्षण र सामुदायिक विकासका नयाँ कार्यक्रमहरू अघि बढाइने अध्यक्ष दिपेन्द्र बुढा मगरले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *