इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Monday, October 12, 2026
११ किलो सुन तस्करी अभियोगका फरार प्रतिवादी पक्राउ

२०८३ असार १७,दोलखा
दोलखा जिल्ला विगु गाउँपालिका -१,लामावगर स्थायी निवासी पेम्बा तामाङलाई जिल्ला प्रहरी कार्यालय दोलखाले ११ किलो सुन तस्करी अभियोगमा मिति २०८३ साल असार १४ गते पक्राउ गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ। पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालयले सम्मानित जिल्ला अदालतमा आवश्यक कागजात सहित पेश गरेको थियो। जिल्ला अदालत दोलखाली थप अनुसन्धान जारी राख्दै मिति २०८३ असार १६ गते पूर्पक्षको लागि कारागार चलान गरेको छ।

सो ११ सुन तस्करीमा पेम्बा तामाङको मात्र संलग्नता नरहेको र अन्य गिरोह हरू पनि रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यस तस्करीमा बिगु गाउँपालिकाका अन्य व्यक्तिहरूको पनि संलग्नता हुनसक्ने भएकोले प्रहरीले थप अनुसन्धानको प्रक्रियालाई अगाडि बढाइएको जनाइएको छ।





