दोलखाको कालिञ्चोक–१ मा आगलागी : थामी परिवारको घर र सम्पूर्ण धनमाल जलेर नष्ट

0Shares

दोलखाको कालिञ्चोक–१ मा आगलागी : थामी परिवारको घर र सम्पूर्ण धनमाल जलेर नष्ट

दोलखा | २०८३ असार ३० गते

दोलखाको कालिञ्चोक गाउँपालिका–१, गैरो वेगुम्पा निवासी भाजु थामी र उहाँका छोरा लालबहादुर थामीको घरमा आज विद्युत् सर्ट भई आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

स्थानीयवासीका अनुसार विद्युत् सर्टबाट सुरु भएको आगलागीले घरभित्र रहेका अन्नपात, सुन–चाँदी, लत्ताकपडा, भाँडाकुँडा, कुखुरा, माहुरीका घारलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब २५ देखि ३० लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको बताइएको छ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको भए पनि परिवारको बसोबास गर्ने घर तथा वर्षौँको मेहनतबाट जोडिएको सम्पूर्ण सम्पत्ति नष्ट हुँदा पीडित परिवार ठूलो समस्यामा परेको छ।

घटनाको जानकारी प्राप्त भएपछि स्थानीयवासी तथा सम्बन्धित निकाय घटनास्थलमा पुगेका थिए। आगलागीको थप विवरण तथा क्षतिको यकिन विवरण सम्बन्धित निकायबाट संकलन भइरहेको बताइएको छ।

यस दुःखद घटनापछि स्थानीयवासीले पीडित परिवारलाई राहत तथा सहयोगका लागि सम्बन्धित सरकारी निकाय, संघ–संस्था, समाजसेवी तथा सहयोगी मनहरूलाई मानवीय सहयोगका लागि आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *