मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र NRNA मलेसियाद्वारा इलामका बाढीपीडितलाई आर्थिक सहयोग
नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र NRNA मलेसियाद्वारा इलामका बाढीपीडितलाई आर्थिक सहयोग
थाङ्मीचागु डटकम / मलेसिया डेस्क
कोलालम्पुर / इलाम —
नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाले संयुक्त रूपमा इलाम जिल्लामा हालै आएको बाढी तथा अविरल वर्षाबाट प्रभावित परिवारहरूलाई आर्थिक सहयोग प्रदान गरेका छन्।
गत असोज १८ देखि २० गतेसम्मको लगातार वर्षाका कारण इलामका विभिन्न स्थानहरूमा ठूलो जनधनको क्षति भएको थियो। सोही विपद्बाट प्रभावित स्थानीय बासिन्दाहरूको सहयोगार्थ दुवै संघ–संस्थाले देउमाई नगरपालिका, माङ्सेबुङ नगरपालिका र फाकफोकथुम गाउँपालिकाका बाढीपीडितहरूलाई राहतस्वरूप आर्थिक सहयोग वितरण गरेका हुन्।
संघका महासचिव प्रमोद शर्माका अनुसार देउमाई नगरपालिकाका ६० घरधुरी, माङ्सेबुङ नगरपालिकाका १४ घरधुरी र फाकफोकथुम गाउँपालिकाका १ घरपरिवार गरी कुल ७५ घरपरिवारलाई प्रति घरधुरी रु. ५,००० का दरले सहयोग प्रदान गरिएको हो।
संघका पदाधिकारीहरू स्वयं क्षतिग्रस्त क्षेत्रमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका थिए। सो अवसरमा स्थानीय बासिन्दा र सम्बन्धित नगरपालिका प्रतिनिधिहरूले नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र NRNA मलेसियाप्रति आभार व्यक्त गरेका थिए।
उक्त राहत सहयोगमा नेपाली व्यवसायी संघ मलेसियाले समेत आर्थिक योगदान पुर्याएको थियो।
राहत रकम संघका अध्यक्ष इन्द्र नारायण लिम्बु, महासचिव प्रमोद शर्मा, उपाध्यक्ष बालध्वज लिम्बु लगायतको टोलीले इलाम पुगेर बाढीपीडित परिवारहरूलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरेका हुन्।
संघले भविष्यमा पनि यस्ता प्राकृतिक विपद्बाट प्रभावित नेपालीहरूलाई निरन्तर सहयोग र साथ प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ।
फोटो : NRNA मलेसिया
© थाङ्मीचागु डटकम २०२५





