मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
प्रधानमन्त्री–दलबीच संवाद लम्बियो, एमालेले सरकारप्रति शंका व्यक्त गर्यो तर चुनावको विरोध गरेन
प्रधानमन्त्री–दलबीच संवाद लम्बियो, एमालेले सरकारप्रति शंका व्यक्त गर्यो तर चुनावको विरोध गरेन
थाङमिचागु डटकम संवाददाता

काठमाडौँ, कार्तिक ४ — प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग बालुवाटारमा गरेको संवाद अझै लम्बिएको छ।मंगलबार दिउँसोदेखि सुरु भएको छलफल करिब चार घण्टा भन्दा बढी चलेको र अझै केही समय जारी रहने बताइएको छ।
सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार, संवादमा विघटित संसद्मा प्रतिनिधित्व गरेका ११ दलका नेताहरू र दुई जना पर्यवेक्षक सहभागी छन्।
छलफलको विषय आगामी प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउने तयारीमा केन्द्रित रहेको बताइएको छ।
नेताहरूले चुनावमै जाने सहमति जनाएका छन्, तर नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले “यो सरकारले चुनाव गराउन सक्ला कि नस्क्ला” भन्ने शंका प्रकट गरेका छन्।
तर, उनीहरूले चुनावको विरोध भने गरेका छैनन्, प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा सहभागी दल र प्रतिनिधि:
एमाले: शंकर पोखरेल, प्रदीप ज्ञवाली
नेपाली कांग्रेस: धनराज गुरुङ, गगनकुमार थापा
माओवादी केन्द्र: वर्षमान पुन, पम्फा भुसाल
रास्वपा: डा. स्वर्णिम वाग्ले, सोविता गौतम
राप्रपा: राजेन्द्र गुरुङ, मोहन श्रेष्ठ
जसपा: उपेन्द्र यादव, प्रकाश अधिकारी
अन्य दलहरूबाट समेत सहभागिता
पर्यवेक्षकका रूपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक उपस्थित छन्।
कांग्रेसका नेताहरूले भदौमा भएको जेन–जी आन्दोलनका हिंसात्मक घटनालाई उदाहरण दिँदै “सुरक्षा प्रत्याभूति बिना निष्पक्ष चुनाव सम्भव छैन” भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।




