तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Friday, October 9, 2026
इराकमा गैरवासीय नेपाली संघद्वारा ‘दशैं धमाका कार्यक्रम’ हुने
इराकमा गैरवासीय नेपाली संघद्वारा ‘दशैं धमाका कार्यक्रम’ हुने
२०८२ असोज ७ गते, सोमबार
कुर्दिस्तान, इराक । गैरवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकले आगामी २०२५ अक्टोबर ३ (२०८२ असोज १७ गते) मा भव्य ‘दशैं धमाका कार्यक्रम’ आयोजना गर्ने भएको छ।
कार्यक्रममा नेपालबाट विशेष अतिथि तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त गायक प्रशान्त तामाङले प्रस्तुति दिनेछन्। साथै, इराकमा रहेका विभिन्न स्थानीय कलाकारहरूले पनि सांगीतिक र सांस्कृतिक प्रस्तुति गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
यो कार्यक्रम कुर्दिस्तानको मिलानो हल,फेमिली मल नजिक बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म हुने छ। आयोजकले कुर्दिस्तानभर छरिएर बसिरहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल पारिदिन हार्दिक निमन्त्रणा गरेका छन्।





