अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24
किरात राई यायोख्या जोहोरबाह्रुद्वारा समाजसेवी शशिकला राईलाई स्मरणीय विदाई।।।
किरात राई यायोख्या जोहोरबाह्रुद्वारा समाजसेवी शशिकला राईलाई स्मरणीय विदाई
२०८२ असोज ६ गते, सोमबार
जोहोरबाह्रु, मलेसिया । किरात राई यायोख्या क्षेत्रीय समिति जोहोरबाह्रुले समाजसेवी शशिकला राईलाई विशेष सम्मान तथा विदाई गरेको छ।
शशिकला राई विगत करिब एक दशकदेखि मलेसियामा प्रवासी जीवन बिताउँदै आउनुभएको छ। प्रवासमा रहँदा पनि उहाँले आफ्नो समुदाय र समाजका लागि विविध संघसंस्थामार्फत योगदान पुर्याउँदै निरन्तर सक्रिय भूमिका निर्वाह गर्नुभयो। विशेषगरी किरात राई समुदायको पहिचान, अस्तित्व, धर्म, संस्कार र संस्कृति जगेर्नामा उहाँको अग्रसरता उल्लेखनीय रह्यो।
उहाँले किरात राई यायोख्या लगायतका संस्थामा आबद्ध भई प्रवासी युवाहरूलाई एकताबद्ध बनाउन, महिला सदस्यलाई सक्रियतामा ल्याउन र समाजिक अभियानहरूलाई मजबुत बनाउन अहम् योगदान दिनुभएको थियो। उहाँको नेतृत्व, परिश्रम र समाजसेवी भावना प्रवासी जीवनमै पनि समुदायलाई सशक्त बनाउन सहयोगी भएको समुदायले उच्च सम्मानका साथ सम्झिएको छ।
अब जन्मभूमि फर्किन लाग्नु भएको अवसरमा जोहोरबाह्रु क्षेत्रीय समितिले उहाँको योगदानलाई कदर गर्दै विशेष कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा स्मृतिचिन्ह, माला र शुभकामना सहित सम्मानपूर्वक विदाई गरिएको थियो।
कार्यक्रम सल्लाहकार तथा संयोजक बलबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सचिव बलचन्द्र राई, सहसचिव देविका राई (बिनु), कोषाध्यक्ष समिता राई (सन्जु) लगायत पदाधिकारी, सदस्यहरू, शुभेच्छुक तथा अन्य संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
यस अवसरमा सहभागीहरूले शशिकला राईको समाजप्रतिको समर्पणलाई स्मरण गर्दै उहाँले जन्मभूमिमा फर्किएपछि पनि उस्तै जोश र जाँगरका साथ समाजिक कार्यमा लागिरहुन् भन्ने शुभकामना व्यक्त गरेका थिए।





