सरकार र शिक्षक महासङ्घ बिच निर्णायक वार्ता जारी

0Shares

काठमाडौं । आन्दोलनरत शिक्षक‌ महासङ्घ  र सरकारबिचको वार्ता सुरु भएको छ । सिंहदरबारमा सुरु भएको आजको वार्तालाई ‘निर्णायक’ भनिएको छ ।
वार्तामा सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्त, गृहमन्त्री रेशम लेखक सहभागी छन् । यस्तै, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलासहितको सहभागीता  रहेको छ ।
शिक्षकको तर्फबाट नेपाल शिक्षक महासंघका पदाधिकारी सहभागी लगायत महासङ्घसँग आवद्ध शिक्षकका घटक संघ सङ्गठनका केन्द्रीय अध्यक्षहरु रहेका छन् ।
शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौंको माइतीघर–बबरमहल–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरिरहेका छन् । आफूहरूसँग विगतमा भएका सहमतिलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ ।
सरकारसँग पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन । मंगलबार रातिको वार्तामा शिक्षकले सरकारलाई नौबुँदे प्रस्ताव पेस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *