वडा अध्यक्ष अमित ठकुरीले खबर गरे हेलपिङ हर्टलाई पीडितले पाए तत्काल राहत ।।।

0Shares

“धनगढीमाई-१४ बिहीबारेमा विद्युत् तार सर्ट हुँदा आगलागी, ५० हजार बराबरको क्षति “

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल,फाल्गुन २१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका-१४ स्थित बिहीबारेको पुण्य लाल गिरीको घरमा विद्युत् तार सर्ट भई आगलागी हुँदा करिब ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको अवस्थामा वडा अध्यक्ष अमित ठकुरीले तत्काल घटना स्थलमा पुगी संघ संस्थालाई फोन सम्पर्क गरेर राहत सहयोग उपलब्ध गराउनु भएको छ ।

प्राप्त जानकारीअनुसार, सोमबार करिब दिँउसो २ बजे स्थानीय पुण्य लाल गिरीको घरमा अचानक विद्युत् तार सर्ट भई आगलागी भएको थियो । आगोले घरभित्र रहेको फर्निचर, लत्ताकपडा, अन्नपात तथा अन्य सरसामान जलेर नष्ट भएको थियो ।

स्थानीय बासिन्दाको सक्रियतामा करिब आधा घण्टापछि आगो नियन्त्रणमा ल्याइएको थियो । आगलागीबाट ठूलो जनधनको क्षति नभए पनि घरमा रहेको महत्वपूर्ण सामग्री नष्ट भएकाले पीडित परिवारलाई समस्या परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *