मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
दोलखा कालिन्चोक–१ मा शैक्षिक सुधारका लागि उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण
दोलखा कालिन्चोक–१ मा शैक्षिक सुधारका लागि उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण
२०७९ फागुन २३, दोलखा
नेवा फाउन्डेसन नेदरल्यान्डको आर्थिक सहयोगमा कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्र द्वारा सञ्चालित CARE परियोजना अन्तर्गत दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–१ स्थित बालोदय माध्यमिक विद्यालय ले कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक सुधारको लागि विशेष कार्यक्रम आयोजना गरेको छ।
उक्त कार्यक्रम अन्तर्गत प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप पुरस्कार वितरण गरिएको छ। विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यार्थी, शिक्षक र अभिभावकहरू सबैको भूमिका महत्वपूर्ण हुने भएकाले यस कार्यक्रमले थप प्रेरणा दिने विश्वास गरिएको छ।
विद्यालय प्रशासनका अनुसार यो पहलले विद्यार्थीहरूलाई अध्ययनमा प्रोत्साहित गर्नुका साथै शैक्षिक नतिजालाई अझ सशक्त बनाउने लक्ष्य राखिएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यक्रमको जानकारी कृषि प्राविधिक अस्मिता बस्नेत ले थाङ्मीचागु डटकम लाई दिनुभएको हो।




